देशभर मौसम बदली, यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

विहीबार, १६ मंसिर २०७८, ०८ : २१
देशभर मौसम बदली, यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । बिहीबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदली रहेको छ।

महाशाखाले बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने पूर्वानुमान गरेको छ ।  सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि महाशाखाले औंल्याएको छ भने सो प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना समेत रहेको छ।

 यसैगरी राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

हाल  देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली  र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस