आर्थिक पुनरूत्थानलाई अगाडि बढाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १२ : ५९
आर्थिक पुनरूत्थानलाई अगाडि बढाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरूत्थानलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन।

‘कोभिड-१९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं,’उनले भने, ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताएका छन् । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै उनले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस