काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यस्तै न्यून चापीय क्षेत्र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यसैगरी राति सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात सम्भावना रहेको पनि महाशाखाले पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना