एकताको महाधिवेशनको पक्षमा छुः अध्यक्ष जबरा

रासस

मंगलबार, १४ मंसिर २०७८, २० : २६
एकताको महाधिवेशनको पक्षमा छुः अध्यक्ष जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन् ।

राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताए ।

“आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो”, अध्यक्ष राणाले भने, “त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु ।”

महाधिवेशनको उर्जाबाट आफ्नो लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले जिम्मेवारीलाई निष्कर्षमा पु¥याउनु सबैको जिम्मेवारी भएको बताए । राप्रपाको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ भने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस