दोहोरो अंकले घट्यो नेप्से , कारोवार रकम ४ अर्ब

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, १५ : २२
दोहोरो अंकले घट्यो नेप्से , कारोवार रकम ४ अर्ब

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो ।

शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ सय २९ दशमलव ९७ अंकमा झरेकोमा छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।

सोमबार नेप्सेपरिसूचकसँगै कारोबार रकममा समेत सुस्तता देखिएको छ । आइतबार ६ अर्बको शेयर किनबेच भएकोमा सोमबार मुस्किकले ४ अर्ब पुगेको छ । परिसूचक तथा कारोबार रकम घटे पनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्डको समूका रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेन । यी दुइ समूहका अधिकांश कम्पनीहरु झिनों अंकले बढ्दा समूहगत सवइनडेक्स पनि दुबैको सकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस