चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्वमा उम्मेदवारी दर्ता गराएकाको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ । नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई तोकिएको छ ।
पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबीरविरोधलगायतका प्रक्रिया सुरू हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरू गर्ने निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव