चितवन । एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैबिच एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तय गरेको छ । जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।
यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोेक ेबमोजिमको वारेशनामामार्फत दर्ता गर्न सकिनेछ ।
सबै जना गरेर अहिलेसम्म ५० जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता पछि आजै केन्द्रीय कमिटी र दुई आयोग गरी ३५१ पदमा निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै