सौराहा । पार्टीको दसौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र रोकिएपछि उपाध्यक्ष भीम रावलले आक्रोश व्यक्त गरेका छन्।पार्टीको महाधिवेशन शुक्रबार सुरु गरेर आइतवार सक्ने योजना रहेको उल्लेख गर्दै त्यसअनुसार निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आपत्ति व्यक्त गरेका हुन्।
केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उठ्ने तयारी गरेका उनले शनिबारदेखि नै चुनाव प्रचार गरेका थिए। तर उनले ओलीतिर लक्षित गर्दै अन्तै बसेर पार्टी विधि, पद्धति र निर्णयविपरीत गएर निर्णय गरेको भन्दै रोष प्रकट गरेका छन्।
अध्यक्ष ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने योजना अनुसार सौराहाकै पार्क सफारी रिसोर्टमा नयाँ पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाइरहँदा रावल आक्रोशित भएका हुन्। आइतवार दोस्रो दिनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन। सौराहाकै होटल सेभेन स्टारमा भइरहेको बन्दसत्र अब राति ७ बजे मात्रै हुने भएको छ। ३२ पृष्ठको चुनावी बुकलेट नै बनाएर चुनावी मैदानमा होमिएका रावलसँग अझैसम्म अध्यक्ष ओलीले सहमतिका लागि छलफल अघि बढाएका छैनन्।
यही पृष्ठभूमिमा उनले शुक्रबार र शनिबार उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी आइतवार मतदान गर्ने पार्टी योजना उलंघन भएकोमा उनी आक्रोशित भएका हुन्। रावलले दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाएको भन्दै ओलीप्रति आक्रोश पोखेका छन्। उनले एमाले महाधिवेशनमा धाँधलीको पनि संकेत गरेका छन्। ओलीको यो कदमले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने पनि बताएका छन।
‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो’ उनले भने, ‘यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै