चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलले पछि नहटे हलमा हात उठाउन लगाएर मत परीक्षणको विधि अपनाइने भएको छ ।
मतदान नै गराउनुभन्दा हात उठाउने विधिबाट समेत मत परीक्षण हुने भएकाले हलमै खुलारूपमै रावल पक्षको मत परीक्षण गरिने अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतले जानकारी दिएको छ ।
हलमा रावलको पक्षमा कमजोर मत देखाएर अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गराइने भएको छ ।
शनिवारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । तर यसमा भीम रावलले आपत्ति जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै