काठमाडौं । नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
निर्वाचन संयोजक लोक खड्काका अनुसार दिउँसो साढे २ बजेसम्म मतदानको समयसीमा तोकिएको छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।सचिवमा अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहको उमम्देवारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस विभाजित : मध्यरातमा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने