एमाले केन्द्रीय कमिटीको बैठक सौराहामा बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १८ : ३८
एमाले केन्द्रीय कमिटीको बैठक सौराहामा बस्दै

चितवन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सौराहामा आजै बेलुका बस्ने भएको छ।

नेता प्रदीप ज्ञवालीका अनुसार आज बेलुका ८ बजे चितवनको सौराहास्थित जंगल क्राउन होटलमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ। यो बैठक नवौं महाधिवेशनको अन्तिम केन्द्रीय बैठक हुनेछ । 

एमालेले आज दसौं राष्ट्रिय महाधिवेशन सुरू गरेको छ। नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन कार्यक्रम सकिएको छ। बन्द सत्र र निर्वाचनसम्बन्धी अन्य कार्यक्रम सौराहमा हुनेछ।

प्रतिक्रिया दिनुहोस