एमाले महाधिवेशनको इतिहास : कुन महाधिवेशनमा के भएको थियो ?

पत्रपत्रिकाबाट

शुक्रबार, १० मंसिर २०७८, ०७ : ४३
एमाले महाधिवेशनको इतिहास : कुन महाधिवेशनमा के भएको थियो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भएको थियो। कम्युनिष्ट पार्टीका संस्थागत महासचिव पुष्पलाल श्रेष्ठ हुन्। पहिलो महाधिवेशन २०१० माघ १० देखि २० गतेसम्म भएको थियो। काठमाडौंका १० दिन लगाएर गरिएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महामन्त्रीमा निर्वाचित भए।

काठमाडौंमा नै भएको दोस्रो महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए। यो महाधिवेशन दरबारमार्गस्थित फोहरादरबारमा २०१४ साल जेठ १५ देखि २५ गतेसम्म भएको थियो। २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भएको तेस्रो महाधिवेशनबाट महासचिवमा तुल्सीलाल अमात्य निर्वाचित भए। 

सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो महाधिवेशन भयो। यो महाधिवेशनबाट मदनकुमार भण्डारी महासचिवमा निर्वाचित भए। यो महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म भएको थियो। यो महाधिवेशनबाट भण्डारीको उदय भयो। पाँचौं महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म दशरथ रंगशाला–कमलादी, काठमाडौंमा भयो। मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं भन्ने नाराका साथ भएको यो महाधिवेशनबाट अध्यक्षमा मनमोहन अधिकारी, महासचिवमा मदनकुमार भण्डारी निर्वाचित भए। २०५० जेठ ३ मा दासढुंगा घटनामा महासचिव भण्डारीको निधन भयो। त्यसपछि माधवकुमार नेपाल महासचिव भए।

नेपालगन्जमा २०५४ माघ १२ देखि १८ गतेसम्म भएको छैटौं महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन अधिकारी, महासचिवमा नेपाल नै निर्वाचित भए। मूलनारा–‘बिकृति र बिसंगतिविरुद्ध संघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं, नारा साथ भएको यो महाधिवेशन पनि एमाले विभाजन नै भयो। वामदेव गौतम, सीपी मैनाली नेकपा९माले० बनाए।

जनकपुर, धनुषामा २०५९ माघ १८ देखि २२ गतेसम्म भएको सातौं महाधिवेशन भयो। यो महाधिवेशनबाट अध्यक्ष पद हटाइयो। महासचिव नेपाल नै निर्वाचित भए। यो महाधिवेशनको मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास १’ थियो।     

२०६५ फागुुन ५ देखि १४ सम्म आठौं महाधिवेशन बुटवलमा भयो। यो महाविधेशनमा बहुपदीय व्यवस्था गरियो। मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनकाविरुद्ध आठौं ‘महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ’ संविधान १’ भएको महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष, ईश्वर पोखरेल महासचिवमा निर्वाचित भए। यो महाधिवेशनमा खनालबाट केपी शर्मा ओली पराजित भए। विस्तृत खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस