नेपालका वैज्ञानिकको तथ्यांक संकलन सुरु, को हुन् वैज्ञानिक ?

पत्रपत्रिकाबाट

शनिबार, १५ बैशाख २०७५, ०८ : ५९
नेपालका वैज्ञानिकको तथ्यांक संकलन सुरु, को हुन् वैज्ञानिक ?

काठमाडौं  । सरकारले देशमा कार्यरत नेपाली वैज्ञानिकको तथ्यांक संकलन सुरु गरेको छ। देशमा कति वैज्ञानिक छन् सरकारसँग कुनै तथ्यांक छैन । सन् २०१० यता सरकारले वैज्ञानिकको तथ्यांक संकलन गरेको छैन। सरकारी तथ्यांकअनुसार त्यसबेला देशमा लगभग ४० हजार वैज्ञानिक थिए। ८ वर्षपछि सरकारले अहिले नेपाली वैज्ञानिकको तथ्यांक संलकन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जेठ १५ भित्र तथ्यांक संकलन सक्ने गरी काम भइरहेको जानकारी दिए ।

को हुन् वैज्ञानिक ?
तथ्यांक संकलन गर्न थाले पनि वैज्ञानिकको स्पष्ट परिभाषा भने सरकारसँग पनि छैन। सरकारले इन्जिनियरिङ, विज्ञान, मेडिकल साइन्स, कृषि, वन र खाद्य प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिलाई वैज्ञानिकको सूचीमा राखेको छ। तथ्यांक संकलनमा पनि यसैलाई आधार बनाएको छ।

प्रवक्ता सुवेदीले विज्ञान र इन्जिनियरिङमा स्नातक उत्तीर्णलाई वैज्ञानिकको सूचीमा राखिने गरेको बताउँदै यसपल्ट स्नातकोत्तर मात्र समेटिएको जानकारी दिए। उनले भने, ‘हामीले विज्ञान र इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गरेकालाई वैज्ञानिकको परिभाषामा राखेका छौं।’

सरकारी परिभाषामा भने वैज्ञानिकहरू सहमत छैनन्। विज्ञानमा सोध, खोज र अनुसन्धान गर्ने मात्र वैज्ञानिक मानिने कतिपयको धारणा छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस