काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सबै राजनीतिक पाटी स्वार्थ केन्द्रीत गुटबन्दीको भुमरीमा फस्दै जाँदा लोकतान्त्रिक स्थिरतामाथि खतरा उत्पन्न भएको बताएका छन्।
दशौं महाधिवेशनको पूर्वसध्यामा बुधबार सार्वजनिक अपील जारी गर्दै भुसालले सैद्धान्तिक दिशाका हिसाबले एमाले ठीक ठाउँमा भए पनि त्यसअनुसार कार्यक्रम बनाउन नसकेको बताएका छन्। ‘कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने संगठनात्मक सिद्धान्त र विधान पनि बनाइएन’ उनले भनेका छन्, ‘अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौं, तर कता हिँड्दै छौं भन्ने स्वयं हामीलाई थाहा छैन ।’
क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरुको प्रतिस्पर्धा बन्ने र जसरी पनि जित्ने प्रतिस्पर्धाले राजनीति बिग्रने उनले बताएका छन्। ‘त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ ।
दलाल पुँजीवाद र भद्दा संसदवादले पार्टीलाई ती गुटहरुको खेलौना बनाउँछ,’ अपीलमा भनिएको छ, ‘एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यतः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ मंसिर २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल