अर्को मार्च सम्म कोरोनाबाट लाखौं व्यक्तिको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

एजेन्सी

बुधबार, ०८ मंसिर २०७८, ०९ : २३
अर्को मार्च सम्म कोरोनाबाट लाखौं व्यक्तिको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणबारे एक गम्भीर चेतावनी जारी गरेको छ ।​ यूएनको संगठनले यूरोप र एशियाका केही हिस्सामा अर्को मार्चसम्म सात लाख व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु हुनसक्ने बताएको छ ।

कोरोना महामारीको सुरुवातदेखि अहिलेसम्म ५३ देशमा मृत्यु हुनेको संख्या पहिला नै १५ लाखभन्दा बढी छ । यो ती ५३ देश हुन् जसलाई स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउने गर्छ ।​ डब्ल्यूएचओलेले कोरोनाको आगामी स्थितिको विषयमा चेतावनी जारी गर्दै अर्को मार्चसम्म ४९ देशमा आइसीयू संकट पैदा हुनसक्छ ।

युरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । युरोपका थुप्रै देशले आफ्नो देशमा कोरोना नियमलाई कडा बनाउँदै नयाँ प्रतिबन्ध लागू गरेको छ । अष्ट्रियामा त पूर्ण लकडाउनको घोषणा गरिसकिएको छ जबकी थुप्रै देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेका छन् ।

फ्रान्स, जर्मनी र इजिप्टसमेत थुप्रै देशले चाँडै नै बुस्टर भ्याक्सिन उपलब्ध गराउने बारे विचार गरिरहेको छ । यद्यपि, थुप्रै देशमा कोरोना प्रतिबन्ध लागू गरेका कारण विरोध प्रदर्शन पनि भइरहेको छ । नेदरल्याण्डमा लकडाउनको विरोधमा त हिंस्रक झडप भएकोसमेत खबर छ ।

प्रतिक्रिया दिनुहोस