चितवन । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल -याली गरिएको छ । युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको -यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर -यालीमा सहभागी भएका थिए ।
नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल ¥यालीले भरतपुर महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो । एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको -याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो ।
युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल -यालीको आयोजना गरिएको बताउनुभयो । भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल ¥याली निकालिएको केसीको भनाइ छ । नेकपा एमालेको केन्द्रीय निर्देशनानुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा सङ्घले मोटरसाइकल ¥याली निकालेको जनाइएको छ । महाधिवेशन मङ्सिर १२ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने