चन्द्रपुर । रौतहटस्थित गौर चन्द्रपुर सडकखण्डको बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले बताए । गएराति बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु