काठमाडौँ । मंगलबार दिँउसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
यस्तै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०७ मंसिर २०७८, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना