चितवन । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन ।
अध्यक्ष प्रचण्डले यो आयोजना संचालन गर्न आफूले ठूलै लगानी गर्नुपरेको भन्दै यहॉको सुख्खा तथा उर्बरा जमिनमा कृषि उत्पादनमा बृद्दि गर्न समयमै गुणस्तरिय ढ्गंले निर्माण पुरा गरी संचालन गर्नुपर्ने बताए।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावमा धुलाम्मे रहेका अधिकांस सडक कालोपत्रे भैसकेको र बाँकी रहेका पनि पुरा गरेरै छाड्ने बताए । समग्र भरतपुरको विकासमा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख नेतृत्वले लोभलाग्दो काम गरेर विकासको नमुना प्रस्तुत गरेकोमा प्रशंसा समेत व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भूमिहिन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई आगामी निर्वाचन अगाडि नै जग्गाधनी पूर्जा प्रदान गरिने गरी सरकारले काम अगाडि बढाईसकेको बताए । उक्त कामको लागि चितवन पहिलो चरणमा छनोट भैसकेको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै उर्जा तथा सिँचाईमन्त्री पम्फा भुसालले आयोजना समयमै सम्पन्न गरी संचालनमा ल्याउन आयोजनाका प्रमुखलाई निर्देशन दिइन् । उनले भनिन्, "समृद्ध तराई मधेस विशेष कार्यक्रम आयोजना अन्र्तगत यो आयोजना संचालनमा रहेको छ जसअन्तरगत भरतपुर र माडी नगरपालिका क्षेत्र भित्र करिब ४ अर्ब रूपैयाँ बराबरको लगानी हुनेछ" ।
कार्यक्रममा मन्त्रालयका सचिब ताराकुमार राइले उक्त आयोजना नेपालको सिँचाई प्रणालीमा नयाँ प्रयोग भएको र यसले सिँचाईको अभाबमा बॉझो रहेका जमिनहरूमा सिँचाईको प्रबन्ध हुने बताए ।
उक्त आयोजना ८ करोड ५७ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता भई १ बर्ष भित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याइने लक्ष कार्यालयले लिएको छ ।यस्तै सोमवार नै अध्यक्ष प्रचण्डले वडा नं २४ र २७ को सुख्खा जमिनमा सिँचाईका लागी निर्माण गरिएका ५ वटा डिप बोरिङको को उद्घाटन गरेका छन् । सिँचाई बिभागवाट संचालित बोरिङ तथा डिप बोरिङको गरी भरतपुर महानगरपालिका क्षेत्रभित्र १७४ स्थानमा निर्माण गरिएको छ।
सो अवसरमा उर्जामन्त्री पम्फा भूसालले भरतपुरका किसान तथा नगागरिकहरू अब सिँचाईको अभाब महसुस गर्नु नपर्ने बताउदै अन्य आवश्यक्ता रहेका स्थानमा थप निर्माण गर्न योजनाहरू पेस गर्न समेत आग्रह गरिन् । मन्त्री भूसालले चितवन क्षेत्र नं ३ का नागरिकले परिवर्तनका बाहक अध्यक्ष अभिभाबक पाउनु गर्बको बिषय भएको बताईन् ।
उनले सिँचाईको प्रबन्धबाट बहुआयामिक लाभ लिन समेत उपभोक्ताहरूलाई आग्रह गरीन् । ५ अर्बको लगानिमा नारायणी नदी नियन्त्रणका लागि तटबन्धन गर्न बजेटको सुनिश्चिता सहित यसै बर्षबाट काम सुरू हुने समेत बताइन्।वडा न २४ को सुखा तथा उर्भरा जमिनमा यो आयोजना सम्पन्न हुँदा ३ सय बिगाहा क्षेत्रमा सिँचाई सुबिधा पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
प्रचण्डले दिए दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई
परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाइ
खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिदै आएको छु : प्रचण्ड