६५ वर्षपछि खुसीको अँगालो

पत्रपत्रिकाबाट

शनिबार, १५ बैशाख २०७५, ०७ : ३२
६५ वर्षपछि खुसीको अँगालो

६५ वर्षपछि खुसीको अँगालो
गोयाङ । दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने बाचा गरेका छन् । सन् १९५३ मा युद्धविराममा टुंगिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन् ।
केही महिनाअघिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई देशबीच वार्ताको अवस्था आइपुगेको हो । आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ ।

शान्तिको आकांक्षा
वार्तापश्चात् बोल्दै किम जङ - उनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए । उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ले दुवै जनाले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निःशस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए ।

त्यस्तो निःशस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन। कतिपय विश्लेषकले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन् । वार्ता दुवै कोरियाबीचको सम्बन्धमा महिनौंदेखि भइरहेको सुधारको नतिजा हो । किमले अघिल्लो साता केही समयका लागि परमाणु परीक्षण स्थगित गर्ने घोषणा गरेका थिए । दुई कोरियाली नेताको बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहितको दुवै देशका नेताले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस