रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

पत्रपत्रिकाबाट

सोमबार, ०६ मंसिर २०७८, ०८ : ००
रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घाटन गरेका थिए।

CG Hills

उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस