रामदेवलाई नेपालको सद्भावना दूत बन्न पर्यटन बोर्डको प्रस्ताव

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, १२ : ०४
रामदेवलाई नेपालको सद्भावना दूत बन्न  पर्यटन बोर्डको प्रस्ताव

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको आध्यात्मिक र योग पर्यटन प्रवर्द्धन गर्न भारतीय योगगुरु रामदेवलाई पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । नेपाल आएका भारतीय योग गुरु रामदेवलाई बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।

बोर्डले नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको बोर्डका कार्यकारी प्रमुख (सिईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको उनले बताए ।

‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं । नेपाललाई मुलतःसाहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्त्वयका साथै संस्कृति, प्रकृति, र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ उनले भने ।

यसैबीच योगगुरु रामदेव तथा आर्चाय बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश भएको भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा आफ्नो सधै सकारात्मक दृष्टिकोण रहको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस