इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक टर्की प्रस्थान

सफल खबर संवाददाता

आइतबार, ०५ मंसिर २०७८, ११ : ०७
इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजना हुने सभामा मंसिर ७ देखि शुरु भई ९ गते सम्म चल्नेछ ।  

इन्टरपोल नेपालका प्रमुख समेत रहेका महानिरीक्षक थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।  १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन तथा नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुनेछ ।

सोही क्रममा विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम तोकिएको छ । । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुनेछन् । 

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा कार्यवाहक प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी निरज बहादुर शाहीले सम्हाल्ने छन् । 

प्रतिक्रिया दिनुहोस