खेलकुद

कात्तिक चौथो हप्ता दोस्रो अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने : ८ मुलकका व्यवसायीक तथा महिला रेस्लर भिड्ने

विहीबार, १६ कार्तिक २०७४, २३ : ३६
कात्तिक चौथो हप्ता दोस्रो अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने :  ८ मुलकका व्यवसायीक तथा महिला रेस्लर भिड्ने


  डिशहोम र नेपाल रिंग रेस्लिङ संघको संयुक्त आयोजनामा कार्तिक चौथो साता ‘दोश्रो अन्तर्रा्ष्ट्रिय रिगं रेस्लिङ प्रतियोगिता २०१७’ हुने भएको छ । कार्तिक २५ गते र २७ गते उक्त प्रतियोगिता हुने जनाइएको छ ।

प्रतियोगिता त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबर्ड हलमा कार्तिक २५ गते र ईटहरी को ठूलो जनता माविमा कार्तिक २७ गते हुनेछ । प्रतियोगितामा ८ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुने आयोजकले बताएको छ ।

अमेरिकाका प्रोरेस्लिङ्गगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिहं, निल र माक्सम्यान  ले सहभागिता जनाउने पक्का भइसकेको आयोजकको भनाइ छ ।

नेपालकातर्फबाट प्रतियोगितामा नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साईन, टुप्पी ग्याङ्गले सहभागिता जनाउने भएको छ ।

अयोजकका अनुसार प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रसियाका मेफिस्तो र चेक रिपब्लिकका रोमाना साथै नेपाली महिला रेस्लर द्धय सोफी र दिलासा को सहभागिता हुनेछ ।

त्यसैगरि अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगितामा खेलका लागि नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले प्रतियोगिताका खेलहरु खेलाउने आयोजकले जानकारी दिएको छ ।

डिशहोमको मुख्य प्रायोजनमा हुन गइरेहेको उक्त प्रतियोगिता डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस्बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

रेस्लिगंप्रेमी दर्शकहरुले प्रतियोगिता स्थलमै गएर हेर्नको लागि काठमाडौंको लागि ‘इ–सेवा’को कुनैपनि काउन्टरबाट वा ‘मेरो सेवा डट कम’बाट टिकट लिन सक्ने जनाइएको छ । इटहरीमा हुने प्रतियोगिता भने स्थानीय राष्ट्रिय जागृती क्लबले आयोजना गर्नेछ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस