दाङ । सुर्खेतबाट काठमाडौ आउदैं गरेको यात्रुवाहक बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुँदा बसमा सवार २९ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भएको छ । सातजना घाइतेलाई थप उपचारको लागि बाँके पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते