दाङ । सुर्खेतबाट काठमाडौ आउदैं गरेको यात्रुवाहक बस दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना हुँदा बसमा सवार २९ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भएको छ । सातजना घाइतेलाई थप उपचारको लागि बाँके पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ मंसिर २०७८, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु