काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् ।शनिबार काठमाडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको बताएका हुन् ।
‘किसुनजी, गणेशमानजी, विपीजीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो । त्यो सपना तपाईहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ,’ उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुनसक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो ।
साथै नेता सिंहले बानेश्वरको पहिलो अवस्था थाहा पाउनको लागि ‘बानेश्वरको सेरोफेरो पुस्तक’ पढ्नुपर्ने बताए । बानेश्वर नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह