कपिलवस्तु । मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेलको मृत्यु भएको छ । बाणगंगा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत रहेका डा. खरेलकाे बुधवार बिहान उपचारका क्रममा निधन भएको हाे ।
बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्बरको मोटरसाइकलमा सवार खरेलको बिहान ४ः४५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।
प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेलको हातमा भने सामान्य चोट मात्र लागेको थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पुराइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु
दाङ र कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु