कैलाली । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्ट उपाध्यक्ष डा। भीम रावल पक्षले कैलालीमा नयाँ प्रतिनिधि छनोट गरेको छ। नेकपा एमाले कैलालीले गरेको प्रतिनिधि छनोटमा असन्तुष्ट रहेको रावल पक्षले निर्वाचन क्षेत्र नम्बर २ मा नयाँ ९ जना प्रतिनिधि छनोट गरेको हो।
कैलालीको लम्कीस्थित मनोहरा होटलमा सम्पन्न भेलाले सर्वसम्मत रुपमा ९ जना प्रतिनिधि छानेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले जानकारी दिए। ‘आजको भेलाबाट रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढायौँ,’ उनले भने, ‘प्रतिनिधिका आकांक्षी ४१ जनामध्ये सर्वसम्मत रुपमा ९ जनालाई प्रतिनिधि चयन गरेका छौँ।’
उनका अनुसार यज्ञराज ढुङ्गाना, मनोज खड्का, रुप रावल, सूर्य बहादुर थापा, बिरेन्द्र रावल, भीम कुँवर, ममता रावल, गंगा थापा र वसुन्धरा भण्डारी महाधिवेशन प्रतिनिधि चयन भएका छन्।
भेलामा निर्वाचन क्षेत्र नम्बर २ का १ हजार २ सय ८० जना संगठित सदस्यको सहभागिता रहेको उनको दाबी छ। निर्वाचन क्षेत्र नम्बर २ मा ‘अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी रुपमा प्रतिनिधि छनोट’ गरेको भन्दै रावल पक्ष असन्तुष्ट बनेको हो। मेयर बजगाईँले नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापामाथि प्रतिस्पर्धा नगराइ एकलौटी रुपमा प्रतिनिधि चयन गरेको आरोप लगाएका छन्।
यसअघि कैलाली–२ मा संस्थापन पक्षले एमाले कैलालीका अध्यक्ष रतन थापा, डेजी पाण्डे, दल बहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टीका थापा, पदमपुरा साउँद, गजेन्द्र स्वार र धरम बहादुर थापा मगरलाई महाधिवेशन प्रतिनिधि चयन गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल