राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

रासस

मंगलबार, ३० कार्तिक २०७८, २१ : २५
राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएकि छन् ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेशी नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशीलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेकी हुन् । “भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्षरूपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धित कर्मचारी अझै जिम्मेवार बन्नुपर्छ”, मन्त्री श्रेष्ठले भनिन् । 

मन्त्री श्रेष्ठले निजामती विधेयक छिटो ल्याएर निजामती प्रशासनमा देखिएका विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशी ३९ जना नापी अधिकृतलाई तालिमको प्रमाणपत्र वितरण गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस