यस्तो छ आजको मौसम पूर्वानुमान

सफल खबर संवाददाता

सोमबार, २९ कार्तिक २०७८, ०७ : ३७
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार सोमबार बिहान पहाडी भूभागहरुमा आंशिक  बदली  रही  बाँकी भूभागको मौसम सामान्यतया सफा  रहेको  छ ।

 यस्तै दिउँसो देशका पहाडी  भूभागहरुमा आंशिक बदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । यस्तै  प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

यसैगरी राति पहाडी भूभागहरुमा आंशिक बदली  रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

प्रतिक्रिया दिनुहोस