मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

रासस

आइतबार, २८ कार्तिक २०७८, २१ : ५२
मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौँ । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ फुस्रे्रेमा आज बिहान  ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुगल गाउँपालिका–२ गोल्चे निवासी ३४ वर्षीय सीताराम दोङ रहेका छन् । गम्भीर घाइते एकजनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको छ । सामान्य घाइते एकको चौतारा अस्पतालमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आलु लोड गरिएको बा५ख ६५६३ नंको आइचर ट्रक पाँचपोखरी थाङपालतर्फ जाँदै गर्दा सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा साँघुरो र उकालोसमेत भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस