काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्चको विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता गगन थापाले समयसामयिक विषयमा पार्टी मौन बसेर देशलाई अप्ठेरोमा धकेलिन दिन नहुने बताएका हुन् ।
गगन थापाले ‘म समसामयिक विषयमा बोल्छु, अदालतको समस्या छ’ भन्नासाथ सभापति देउवाले भनेका थिए, “हुँदैन, अहिले अदालतको विषयमा बोल्ने होइन ।’ देउवाले थापालाई रोक्ने प्रयोस गरेका थिए । तर थापाले भने देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने बताएका थिए ।
“सर्वोच्च अदालत गत ८ गते देखि नै विवादमा फस्दा जनताको न्याय पाउने अधिकार बन्धक भएको छ, जनअधिकारका लागि बनेको कांग्रेसले यसबाट भागेर हुँदैन,” थापाले भने, “सर्वोच्चका विवादका विषयमा पार्टीले निर्णय गर्नुुपर्छ । सत्तारुढ र प्रतिपक्षी दलसँग पनि छलफल थाल्नुपर्छ ।” उनले त्यसो नगरे पार्टीको भूमिकाका विषयमा जनताबाट प्रश्न उठ्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
देउवा प्रतिनिधि सभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस
देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल