काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्चको विवादले प्रवेश पाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनका विषयमा मात्र बोल्न भने पनि युवा नेता गगन थापाले समयसामयिक विषयमा पार्टी मौन बसेर देशलाई अप्ठेरोमा धकेलिन दिन नहुने बताएका हुन् ।
गगन थापाले ‘म समसामयिक विषयमा बोल्छु, अदालतको समस्या छ’ भन्नासाथ सभापति देउवाले भनेका थिए, “हुँदैन, अहिले अदालतको विषयमा बोल्ने होइन ।’ देउवाले थापालाई रोक्ने प्रयोस गरेका थिए । तर थापाले भने देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने बताएका थिए ।
“सर्वोच्च अदालत गत ८ गते देखि नै विवादमा फस्दा जनताको न्याय पाउने अधिकार बन्धक भएको छ, जनअधिकारका लागि बनेको कांग्रेसले यसबाट भागेर हुँदैन,” थापाले भने, “सर्वोच्चका विवादका विषयमा पार्टीले निर्णय गर्नुुपर्छ । सत्तारुढ र प्रतिपक्षी दलसँग पनि छलफल थाल्नुपर्छ ।” उनले त्यसो नगरे पार्टीको भूमिकाका विषयमा जनताबाट प्रश्न उठ्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार