काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न निर्वाचनको तयारीमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन । नेकपा (एस) को केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेपालले निर्वाचन तयारीमा लाग्न भनेका हुन् ।
नेकपा (एस)को केन्द्रीय कमिटीको दोस्रो बैठक आजबाट ललितपुरमा शुरू भएको छ । बैठकमा अध्यक्ष नेपालले लिखित मन्तव्य पेश गरेका थिए ।
बैठकमा नेपालले नेताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिदै खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारको मुहान नै बन्द गर्नका लागि निर्वाचन कानुनमा फेरबदल गर्नुपर्ने बताएका थिए । निर्वाचन प्रणाली फेर्न र त्यसका लागि निर्वाचन कानून सच्याउन पार्टीले पहल गर्ने नेपालले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश