काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न निर्वाचनको तयारीमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन । नेकपा (एस) को केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेपालले निर्वाचन तयारीमा लाग्न भनेका हुन् ।
नेकपा (एस)को केन्द्रीय कमिटीको दोस्रो बैठक आजबाट ललितपुरमा शुरू भएको छ । बैठकमा अध्यक्ष नेपालले लिखित मन्तव्य पेश गरेका थिए ।
बैठकमा नेपालले नेताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिदै खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारको मुहान नै बन्द गर्नका लागि निर्वाचन कानुनमा फेरबदल गर्नुपर्ने बताएका थिए । निर्वाचन प्रणाली फेर्न र त्यसका लागि निर्वाचन कानून सच्याउन पार्टीले पहल गर्ने नेपालले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ कार्तिक २०७८, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड