एक हप्ताभित्र बिपि प्रतिष्ठानको समस्या समाधान हुन्छ : स्वास्थ्यमन्त्री खतिवडा

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १५ : २२
एक हप्ताभित्र बिपि प्रतिष्ठानको समस्या समाधान हुन्छ :  स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता बारे छानविन गर्न गठित छानविन आयोगले प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्तादिन भित्र प्रतिष्ठानको समस्या समाधान हुने बताए ।

मन्त्री खतिवडाले यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षसँग छलफल गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए। मन्त्री खतिवडाले प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताए।

मन्त्री खतिवडाको अध्यक्षमा गठित छानविन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई छन । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस