४४ दिनदेखि सर्वोच्च कामुको नेतृत्वमा

पत्रपत्रिकाबाट

शुक्रबार, १४ बैशाख २०७५, ०८ : ०६
४४ दिनदेखि सर्वोच्च कामुको नेतृत्वमा

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको डेढ महिना भइसक्यो । तर, सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाएको छैन । ४४ दिनदेखि सर्वोच्च कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नेतृत्वमा छ । न्यायपरिषद्को पत्रअनुसार पराजुली ३० फागुनमा पदमुक्त भएका थिए । तर, उनी स्वयंले भने राष्ट्रपतिसमक्ष भोलिपल्ट राजीनामा दिएका थिए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि १३ चैतमै सर्वोच्चका तीन न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको हो ।

तर, संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गरेको छैन । कानुनमन्त्री शेरबहादुर तामाङ भन्छन्, ‘ नियुक्ति प्रक्रिया अगाडि बढिसक्यो । संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश सिफारिस हुन सकेको छैन ।

संसद्ले नियमावली पारित नगरेसम्म संसदीय सुनुवाइ समिति बन्दैन । समिति वैशाखमै बन्छ, प्रधानन्यायाधीशको पदपूर्ति हुन्छ ।’ मन्त्री तामाङले संसदीय सुनुवाई समिति नबनेकोले नियुक्ति रोकिएको भने पनि नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्ले हो । परिषद्ले निर्णय नै नगरेकोले विषय संसद्मा प्रवेश नै गरेको छैन ।

प्रतिक्रिया दिनुहोस