चिनीयाँ महिला निष्काशित

पत्रपत्रिकाबाट

शुक्रबार, १४ बैशाख २०७५, ०८ : ००
चिनीयाँ महिला निष्काशित

काठमाडौं । चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो । विभागले ती महिलालाई भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा समाचार छ ।

गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइने । चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनयाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस