पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै रूपन्देहीमा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, ११ : ३७
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै रूपन्देहीमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । 

अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे । बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । 

निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।  विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस