काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले दुबै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याै गर्न सक्नेछन् ।यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त