काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु ९१ हजार ८०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?