नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् बिहे, को हुन् श्रीमान् ?

एजेन्सी

बुधबार, २४ कार्तिक २०७८, ११ : १३
नोबेल शान्ति पुरस्कार विजेता मलालाले गरिन् बिहे, को हुन् श्रीमान् ?

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले बेलायतको बर्मिङ्घममा विवाह गरेकी छन् । २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गरेकी हुन् । उनले आफ्नो विवाहलाई ‘जीवनको बहुमूल्य दिन’ भनेर वर्णन गरेकी छन् । 

पाकिस्तानकी एक प्रख्यात महिला अधिकार कार्यकर्तालाई २०१२ मा तालिबान चरमपन्थीहरूले टाउकोमा गोली हानेकी थियो, त्यसपछि उनलाई उपचारका लागि बर्मिङ्घम ल्याइयो र त्यसपछि उनी त्यहीँ बस्दै आएकी थिइन्।

मलालाले आफैंले ट्वीटरमा आफ्नो विवाहको जानकारी दिँदै लेखेकी छिन्, ‘असर र मैले जीवन साथी बन्नका लागि विवाह गरेका हौँ । उनले मंगलबार परिवारसँग सानो समारोहकाबीच विवाह गरेको बताएकी छन् । मलालाले लेखेकी छिन्– ‘हामी भावी जीवनको यात्रामा सँगै यात्रा गर्न पाउँदा उत्साहित छौं ।’मलालाको विवाहको यो ट्विटलाई उनका लाखौं फ्यानले लाइक गरेका छन् भने हजारौंले उनलाई र उनका श्रीमानलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस