काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायको लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन ।
मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिए ।
उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखापरेको र ति समस्यालाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए । उनले मालसामान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह गरे।
मन्त्री खाँणले भाषा, संस्कृतिको विकासको लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए ।उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरूसँग सम्वाद र छलफलगरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको उनले जानकारी दिए ।गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ कार्तिक २०७८, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
आइजिपीलाई गृहमन्त्रीको निर्देशन– भ्रष्टाचारमा संलग्न जो–सुकैलाई पक्राउ गर्नू
विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन
अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन
आदेश होइन कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन
दुर्घटना न्यूनीकरणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन