काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन् ।
उपाध्यक्ष रावलले मंगलबार सामाजिक सञ्जालमार्फत आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक गुटबन्दीको नमूना भएको र त्यस बैठकका निर्णयहरू अवैध र अमान्य हुने बताएका हुन् । उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले अपानि १२ लागू नभएकाे हो कि भन्दै आक्रोशसमेत पोखेका छन्।
‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’ रावलले ट्वीटरमा भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ कार्तिक २०७८, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै