कपिलबस्तु । कपिलबस्तुमा श्रीमतीको हत्या गरेर जङ्गलमा फाल्ने श्रीमान पक्राउ परेका छन् । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ११ बाबा बनगाई बस्ने ४५ बर्षको राम केवल लोनियालाई श्रीमती हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
राम केवल लोनियाले श्रीमती चिन्का लोनियालाई परपुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको आंशकमा गत भदै १५ गते हत्या गरी बुद्धभूमी नगरपालिका वडा नं.९ चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता धर्मराज भण्डारीले श्रीमती पर पुरुषसंग अवैध सम्बन्ध राख्ने गरेको शंका गरी योजनाबद्ध रुपमा हत्या गरेको बताए ।उनीहरु बीच दैनिक झगडा हुदाँ सम्बन्ध विच्छेद माग्दा समेत नदिई हत्या गरेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । जंगलमा लगेर हत्यागरेपछि उनी भारततिर गएका थिए ।
मृत्तक चिन्का लोनियाको कपिलबस्तु बुद्धभूमी नगरपालिका वडा नं. ९ स्थित चम्पापुर कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा कंगल फेला परेको थियो । हत्या गरेर फरार रहेका लोनियालाइ प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्धा शिर्षकमा अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ