हेटौंंडा । सत्ता गठबन्धनबाट बागमती प्रदेश मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डे आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्दैछ ।
स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनका दल नेपाली कांगेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्नेछन् । १ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ ।
एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई(दुई तथा जसपाको एक सिट छ । यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पद गुमाएपछि राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट