आजको मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

सफल खबर संवाददाता

आइतबार, २१ कार्तिक २०७८, ०८ : २२
आजको मौसम : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तर, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  यसैगरी, प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस