कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, ०६ : ४२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल  नेपालमा उल्लेखनीय  मौसम  प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार शुक्रबार देशको  पहाडी  तथा  हिमाली  भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 यसैगरी दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक  देखि सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने छ भने  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस