नेवा समाज भरतपुर चितवनले गर्यो नेवा स्मारिका विमोचन, बागमती प्रदेश सभामुख श्रेष्ठ भन्छन्-‘भाषा संस्कृती संरक्षणमा सबै जुटौं’

प्रकाश सिग्देल

बुधबार, १७ कार्तिक २०७८, १६ : ४४
नेवा समाज भरतपुर चितवनले गर्यो नेवा स्मारिका विमोचन, बागमती प्रदेश सभामुख श्रेष्ठ भन्छन्-‘भाषा संस्कृती संरक्षणमा सबै जुटौं’

चितवन । नेवा समाज भरतपुर चितवनले नेवा स्मारिका विमोचन तथा न्हु : दया भिन्तुना ११४२ को  अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भरतपुर १२ को निलकण्ठ शिव मन्दिरमा एक कार्यक्रमको आयोजना गरि स्मारिका बिमोचन गरेको हो ।

नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले नेवारहरुको संस्कार र संस्कृतिको संरक्षणका लागि नेवार समुदायहरु एक भएर अगाडि बढ्नु आवश्यक रहेको र आफुहरुको पहिचान स्थापीत गराउन  नेवा स्मारिक विमोचन समेत गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सभामुख श्रेष्ठले नेवार समुदायले आफनो भाषा संस्कृतिको संरक्षणका लागि अनिवार्य नेवारी भाषा बोल्नु पर्ने बताए ।

राष्ट्रिय भाषाका रुपमा नेवारी भाषा समेत बागमती प्रदेशमा रहेकाले सरकारी कार्यालयहरुमा नेवारी भाषा प्रयोगका लागि नेवारी समुदायहरुले नेवारी भाषा लेख्ने र बोल्ने काम सहज रुपमा गर्न सक्नु पर्ने बताए ।

उनले भाषा भन्ने चिज निकै महत्वपुर्ण भएकाले भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि निरन्तर लागिरहनु पर्ने बताउँदै बिज्ञानमा आधारित बिषयहरु खोज गरी बाहिर उजागर गर्न आफनो तर्फबाट योगदान रहने प्रतिवद्धता व्यक्त गरे ।  

बिद्यानलाई विश्वले पुज्ने भएकाले आफनो भाषा संस्कार संस्कृतिको सरक्षण गर्दै वुद्धत्व प्राप्त गर्न उनले नेवार समुदायका अगुवालाई निर्देशन समेत दिए  । 

 

प्रतिक्रिया दिनुहोस