काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।
बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीननयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा सञ्जाल सहित २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २७ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ कार्तिक २०७८, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिंङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
ग्लोबल आइएमई बैंकले गर्यो ८ प्रतिशत नगद लाभांश घोषणा