तिहार मनाउन गाउँ फर्किनेहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १२ : ४६
तिहार मनाउन गाउँ फर्किनेहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु

काठमाडौं । तिहार मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।

सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ । आम नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाबिरुद्धको खोप लगाउन आएको सर्वसाधारणहरुले बताएका छन् । 

सर्वसाधारणहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोनाबिरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महशुस गरेको बताए ।

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । मंगलबारबाट शुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन् । 

 

प्रतिक्रिया दिनुहोस