भेट्रान्स कपको उपाधि झापालाई

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १६ : २१
भेट्रान्स कपको उपाधि झापालाई

 काठमाडौं । एफडी खुमलटार भेट्रान्स क्लबलाई  पराजित गर्दै झापा भेट्रान्स एफसी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताु को विजेता बनेको छ । 

मंगलबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको फाइनलमा  खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै  खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए ।

प्रतियोगितामा झापा  अपराजित रहँदै विजेता बन्न सफल भएको हो । लिगकप नकआउट प्रणालीमा खेलाएको यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो ।  

प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले  दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस